सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ प्रतिशत छुट

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, १५ : ३५
सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौं। सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एन्ड होटल प्रालि(काभ्रे, धुलिखेल)बीच सम्झौता भएको छ ।​ ​सम्झौतासँगै ​बैंकका ग्राहकले विभिन्न सेवामा छुट प्राप्त गर्नेछन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटल बसाई सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सम्झौताले सेवाग्राहीहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।

थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यममार्फत सम्पर्क गर्न सकिनेछ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस