काठमाडौं। सिद्धार्थ बैंक र आगन्तुक रिसोर्ट प्रालिबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकलाई आगन्तुकले विभिन्न सेवामा छुट प्रदान गर्नेछ ।
ग्राहकहरूले धुलिखेलस्थित आगन्तुक रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र वेभरेजमा १५ र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।यसबारे थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने छ ।
०१-५९७००२० मा पनि सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा कही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिद्धार्थ बैंकका ग्राहकहरूलाई दुसित थानि हिमालयन रिसोर्टमा छुट
सिद्धार्थ बैंकका ग्राहकलाई जङ्गल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट
सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ प्रतिशत छुट
सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता