यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, ०७ : ३७
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ १ पैसा तोकिएको छ ।

डलरको भाउमा आइतबारको तुलनामा फेरबदल छैन ।  युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

आइतबार यूरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसाका दरले कारोबार भएको थियो । 

त्यस्तै,  युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर आज १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसा तोकिएको छ । आइतबार खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसाले कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस