सबै माओवादी घटकहरु एकतावद्ध हुनुको विकल्प छैन : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०५ असोज २०८१, १२ : ५१
सबै माओवादी घटकहरु एकतावद्ध हुनुको विकल्प छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी घटकहरु एकतावद्ध हुनुको विकल्प नरहेको बताएका छन् । आज (शनिबार) सहिद प्रतिष्ठान नेपालको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सबैको मुद्दा साझा भएकाले माओवादी घटकहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

‘सबै माओवादी एक ठाउँमा केन्द्रीत भएर, हाम्रा मुद्दा त सबैसँग साझा छन् । माओवादी आन्दोलनसँग सम्बन्धित, सहिदहरुसँग सम्बन्धित, बेपत्ता योद्दासँग सम्बन्धित, घाइते अपाङ्गसँग सम्बन्धित सबै मर्महरु एक छ । यस कारण हामी सबै एक ठाउँमा आउनुको विकल्प छैन,’– उनले भने, ‘माओवादीजतिलाई एकीकृत र केन्द्रीकृत गर्नेवित्तिकै त्यो तागत धेरै ठूलो हुनेवाला छ । त्यो तागतले मात्रै प्रतिक्रियावादीहरुको सबैखाले षड्यन्त्रलाई परास्थ गर्न सकिनेवाला छ ।’

हजारौं सहिदहरु नै माओवादीको तागतको रुपमा रहेको उनले बताए । प्रतिनिधि सभामा भएको सिटको संख्या घटबढ हुनुलाई सामान्य रुपमा सोच्नुपर्ने उनले बताए । माओवादी अझै पनि ठाउँमा रहेको र लड्ने मञ्च र मोचा बाँकी रहेको उनले बताए ।

साथै, सरकारबाट बाहिरिँदै गर्दा माओवादी जितेजस्तो गरी बाहिरिएको उनले बताए । त्यसको विपरीत सरकारमा जानेहरु हारेजस्तोगरी गएको उनले बताए । साथै, एमालेका नेताहरुले हत्या, हिंसाको बारेमा कुरा गरिरहेकोमा उनीहरु पछि नहटेसम्म माओवादीको आन्दोलन जारी रहने पनि उनले बताए ।

‘अझै पनि हामी ठाउँमा छौं । हामीले लड्ने ठाउँहरु छन्, मञ्च र मोर्चाहरु छन् । हामी वैधानिक ढंगले, शान्तिपूर्ण ढंगले लडेर पनि जित्न सक्छौं ।’ उनले भने, ‘तपाईहरुले देख्नुभयो होला सरकारबाट हट्दैगर्दा हामी जितेजस्तोगरी हटेका छौं । जानेहरु हारेजस्तो गरी गएका छन् । सरकारमा गएपछि प्रत्येक कदम असफल भएका छन् । हामीले जे आवाज उठाएका छौं, हामी सफल भएका छौं । एमालेका नेताहरुलो हत्या, हिंसाबारे कुराहरु उठाएका छन्, उनीहरु पछि नहटेसम्म हाम्रो आन्दोलन जारी

प्रतिक्रिया दिनुहोस