नेपाल पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, १२ : ५५
नेपाल पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सबैखाले पर्यटनको दृष्टिकोणले आकर्षक गन्तव्य भएको बताएका छन् । आज (शुक्रबार) ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिने क्रममा यस्तो बताएका हुन् । उनले पछिल्ला वर्षहरुमा बाहृय पर्यटकको संख्या बढिरहेको र आन्तरिक रूपमा पनि पर्यटन संस्कृति वृद्धि भएको उल्लेख गरेका छन् ।

आफूले सरकारको नेतृत्व गर्दा उक्त सरकारले लिएको पर्यटन नीतिको कारण गत वर्ष पर्यटकको संख्या बढेको पनि दाहालको दाबी छ । उनले फेशबुकमा शुभकामना दिँदै भनेका छन्–

आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्र लगायत सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ।

मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटक भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।

चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको छ। यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास लिएको छु । file photo

प्रतिक्रिया दिनुहोस