यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, ०७ : १३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

हिजो घटेको अमेरिकी डलरको मूल्य आज थप घटेको छ। त्यसैगरी हिजो बढेको अस्ट्रेलियन डलरको मूल्य आज थप बढेको छ।   

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा छ। विगत चार दिनसम्म स्थितर रहेर बुधबार घटेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो। 

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा थियो। 

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५५ पैसा थियो। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। हिजो पनि पाउण्ड यही मूल्यमा कारोबार भएको थियो। 

प्रतिक्रिया दिनुहोस