यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, ०२ असोज २०८१, ०६ : ५२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ।

मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ।

साथै मङ्गलबार युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा भएकामा आज खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ। केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङको भाउ पनि घटेको छ। अघिल्लो दिन पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५७ पैसा रहेकामा आजका लागि खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा कायम छ।

केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३४ पैसा र बिक्रीदर ९० रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस