मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाको मनोबल बढाउन लागेका छन् । उनले सेनामा अरू १ लाख ८० हजार जवानलाई भर्ना गर्न आदेश दिएका छन् ।
योसँगै रुसी सेनामा सक्रिय जवानको सङ्ख्या १५ लाखमा पुग्नेछ । यो भनेको चीनपछि विश्वमै दोस्रो सबैभन्दा ठुलो सेना हुनेछ । चीनको सक्रिय सेना २० लाख छ ।
सन् २०२२ को सुरुमा युक्रेनसँग युद्ध छेडिएयता रुसले सेनाको सङ्ख्या बढाउन लागेको यो तेस्रो पटक हुनेछ । यो वृद्धिपछि रुसको कूल सेनाको सङ्ख्या भने झन्डै २४ लाख हुनेछ । पुटिनले रुसी सशस्त्र बलको कूल सङ्ख्या २३ लाख ८० हजार पुर्याउन आदेश दिएका छन् । यीमध्ये सक्रिय सेनाको सङ्ख्या १५ लाख हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमाथि पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो : पुटिन
रुसमा बजेटको एक तिहाइ रक्षा बजेट
पुटिनले मोदीलाई लगाइदिए ४०० वर्ष पुरानो पदक, २०१९ मै गरिएको थियो घोषणा
शाहबाज सरिफ र पुटिनबिच भेटघाट
उत्तर कोरियामा पुटिनको भव्य स्वागत
रूसमा आज राष्ट्रिय शोक, पुटिनले भने, ‘कन्सर्ट हलको सामुहिक हत्याको बदला लिइनेछ