रुसमा बजेटको एक तिहाइ रक्षा बजेट

सफल खबर संवाददाता

मंगलबार, १८ मंसिर २०८१, ११ : ४२
रुसमा बजेटको एक तिहाइ रक्षा बजेट

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कीर्तिमानी रक्षा बजेट पारित गरेका छन् । सरकारले कुल खर्चको एक तिहाइ रकम रक्षा बजेट छुट्याएको छ ।

सन् २०२५ को लागि रुसले रक्षा क्षेत्रका लागि भने १ खर्ब २६ अर्ब डलर (१३५ खर्ब रुबल) विनियोजन गरेको छ । यो भनेको सरकारको कुल खर्चको साढे ३२ प्रतिशत हो ।

यो अघिल्लो पटक पारित भएको बजेटभन्दा २८ अर्ब डलर धेरै हो । तर सन् २०२६ र सन् २०२७ को लागि भने अनुमानित बजेट केही कम छ । रुसको संसद्को दुवै सदनका सांसदहरूले यो बजेटलाई अनुमोदन गरेका छन् ।