काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भूपू सैनिक विभागमा १० जना सदस्य मनोनयन गरेका छन् । नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले उक्त विभागमा सदस्य मनोनयन गरेका हुन् ।
मनोनीत सदस्यहरूमा गर्जबहादुर गुरुङ (लमजुङ), हेमलाल लिम्बु (सुनसरी),तुलबहादुर गुरुङ (कास्की),जोबानसिंह ठकुरी (रुपन्देही),भीम चन्द (कञ्चनपुर),भावना घर्ती मगर (सुर्खेत),गुणबहादुर कार्की (महोत्तरी), लीला मास्के राना (नवलपुर),गोपाल तामाङ (झापा) र सुनिता लामिछाने (काठमाडौँ) छन् । उक्त विभागको प्रमुख केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु रहेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन मसान्तभित्र कार्ययोजना पेश गर्न विभागलाई कांग्रेसको निर्देशन
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
काँग्रेसले तीन नेतालाई तोक्यो सात प्रदेशको जिम्मेवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
भ्रातृ संगठनको अधिवेशन गर्न कांग्रेसद्वारा परिमार्जित विधान पारित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान