काठमाडौं। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं सांसद गोकुल बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा गर्न उपसभामुख इन्दिरा रानालाई सुझाव दिएका छन् । व्यक्तिगत रुपमा निरन्तर पीडित हुनुभन्दा राजीनामा गर्नु उपयुक्त हुने उनको भनाइ थियो ।
मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बाँस्कोटाले प्रश्न उठाउने सबैलाई एकमुष्ट जवाफका लागि राजीनामा गर्नु उपयुक्त हुने बताएका हुन् । ‘जब सदनमा पटक–पटक प्रश्न उठ्यो भने, मैले राजीनामा दिएको थिए, दोषी भए कारबाही गरियाेस् भनेर ।
यो नैतिकता, आँट र साहस राजनीति गर्नेमा हुनुपर्छ । यत्रो प्रश्न उठेको छ भने आफ्नो पदबाट मार्गप्रशस्त गरेर बाँकीलाई एकमुस्ट जवाफ दिनुस् । यो मेरो व्यक्तिगत सुझाव हो,’ उनले भने ।उपसभामुखको विषय संसदमा उठाएबापत लोकतन्त्रको चीरहरण भएको भन्नु 'वाइयात' भएको बाँस्कोटाले बताए ।
‘प्रश्न उठ्नु र जवाफदेहिता माग्ने कुरा लोकतन्त्रको हत्या हुँदैन, आरोप लागेको व्यक्तिलाई सफाइको मौका पनि हो,’ उनले भने, ‘ व्यक्तिगत रुपमा निरन्तर पीडित हुनुभन्दा, सबैको निम्ति पारदर्शिता प्रस्तुत गरे हुन्छ । हल्लाको पछि लाग्नुभन्दा चुनौती सामना गर्नेगरी मार्गप्रशस्त गर्नु उपयुक्त लाग्छ ।’
उपसभामुखको लेटरप्याड दुरुपयोग गरेर केही व्यक्तिलाई अमेरिकाको भिसा सहजीकरण गरेको प्रकरणमा रानामाथि प्रश्न उठेको थियो । यही विषयलाई लिएर सभामुखलाई हटाउने तयारी भएका समाचार बाहिर आएका छन् । यो विषयलाई लिएर मंगलवार संसदमा सत्ता र प्रतिपक्षका सांसदहरूबीच आरोप–प्रत्यारोप चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत बक्यौताबारे प्रचण्डले लेखा समितिमा स्पष्टीकरण दिनुपर्छ : सांसद बास्कोटा
सरकारको मेन पिल्लरसँग बजेटबारे सल्लाह गरिएन: गोकुल बास्कोटा
१२ वर्षमा ६ सरकार फर्किए, खानेपानीको मूल फर्काउन सकेनन् : गोकुल बाँस्कोटा