काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका सांसद गोकुल बास्कोटाले बजेट निर्माण गर्दा सरकारको प्रमुख घटकसँग सल्लाह नगरिएको बताएका छन् ।अर्थमन्त्रीको नियत नै त्यस्तो भनेर आफूले शंका नगरे पनि एमालेसँग छलफल नगरिएको दुखेसो रहेको उनले बताए ।
बजेटमाथि प्रतिनिधि सभामा आइतबार भएको सैद्धान्तिक छलफलमा सांसद बास्कोटाले एमालेसँग सल्लाह गरेको भए बजेट अझ राम्रो हुने बताएका हुन् ।‘दुखेसो-सरकारको प्रमुख घटक मेन पिल्लरसँग सल्लाह सुझाव गरेको पाइएन । अझै राम्रो बनाउन थप छलफल गरेको भए हुन्थ्यो । अर्थमन्त्रीको समय भएन कि ध्यान पुगेन ? नियत नै त्यस्तो भनेर शंका गर्दिनँ,’ बास्कोटाले भने ।
बजेटमा गणतन्त्र पछिको अवधिको समग्र समीक्षा गरिए पनि सो अवधिको वार्षिक प्रगतिको पनि गर्नुपर्ने बास्कोटाको भनाइ थियो । यो अवधिमा भएका राम्रा कामको अपनत्व लिने र जस दिनुपर्ने कुरामा अर्थमन्त्रीले कन्जुस्याइँ गरेको बास्कोटाले बताए ।
‘केपी ओली प्रधानमन्त्री रहेको समयमा २०७४ पछि ०७८ सम्ममा शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधार, पुनर्निर्माण र विद्युतीकरणमा कुन स्तरको प्रगति भएको त्यो कुरा ल्याएको भए राम्रो हुन्थ्यो,’ बास्कोटाले भने ।
मन्त्रालयगत विनियोजनमा पनि सन्तुलन कायम हुन नसकेको बास्कोटाले बताए । ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममा १० करोड रुपैयाँ छुट्याइएको छ, यति पैसाले हामीले कसरी आत्मनिर्भर बनाउँछौं ?,’ उनले प्रश्न गरे ।
छलफलमा पूर्वअर्थमन्त्री समेत रहेका उपाध्यक्ष विष्णु पौडेलले पनि बजेट निर्माणको क्रममा सल्लाह नगरिएकोमा असन्तुष्टि जनाएका थिए ।
‘बजेट निर्माणको समयमा अर्थमन्त्रीको व्यस्तता हुन्छ । अर्थमन्त्रीजी यस्तो व्यस्त हुनुभयो कि सरकारमा रहेका दलका नेतासँग सरसल्लाह गर्न र सुझाव लिन समेत भ्याउन भएन,’ पौडेलले संसद्मा भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रश्न उठेपछि मैले राजीनामा दिएको थिएँ, उपसभामुखले पनि मार्गप्रशस्त गर्नु राम्रो: गोकुल बाँस्कोटा
विद्युत बक्यौताबारे प्रचण्डले लेखा समितिमा स्पष्टीकरण दिनुपर्छ : सांसद बास्कोटा
१२ वर्षमा ६ सरकार फर्किए, खानेपानीको मूल फर्काउन सकेनन् : गोकुल बाँस्कोटा