काठमाडौं। नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले १२ वर्षमा खोलो फर्किने उखान भए पनि ६ वटा सरकारले खानेपानीको एउटा मूल फर्काउन नसकेको बताएका छन् ।शुक्रवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बाँस्कोटाले काभ्रेको एउटा खानेपानी आयोजना अलपत्र हुँदा सरकार बेखबर बनेको बताएका हुन् ।
‘१२ वर्षमा खोलो फर्किन्छ भन्थे तर १२ वर्षमा ६ वटा सरकार फर्किए तर काभ्रे भ्याली एकीकृत खानेपानीको आयोजनाको मूल सरकारले फर्काउन सकेन । एडीबी र नेपाल सरकारको संयुक्त लगानीमा २०१४ मा ६८ करोडमा आयोजना शुरू भएको थियो ।
अहिले ११२ करोड पुग्यो । तर काम भएन । ठेकेदारले काम काम गरेको छैन’, बाँस्कोटाले भने, ‘निम्बो निन्चेन भन्ने एउटा चिनियाँ कम्पनी अहिले १० करोडको लागि मुद्दा लडेर बसेको छ । जबकि विष्णु पौडेल अर्थमन्त्री हुँदा २१ करोड दिनुभएको थियो ।
४ करोडको काम गरेर सरकार १ लाख ३० हजार भन्दा बढी जनताले खानेपानी पिउनुपर्छ । तर सरकारले घरमा धारो देख्न पाएन । खानेपानी मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु यो आयोजना तत्काल पूरा गरियोस् । यसरी परियोजना महँगो बनाउन हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रश्न उठेपछि मैले राजीनामा दिएको थिएँ, उपसभामुखले पनि मार्गप्रशस्त गर्नु राम्रो: गोकुल बाँस्कोटा
विद्युत बक्यौताबारे प्रचण्डले लेखा समितिमा स्पष्टीकरण दिनुपर्छ : सांसद बास्कोटा
सरकारको मेन पिल्लरसँग बजेटबारे सल्लाह गरिएन: गोकुल बास्कोटा