काठमाडौ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन्। महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहक अध्यक्ष तोकेर सोमबार अध्यक्ष पोखरेलले राजीनामा दिएका हुन्।
पत्रकार महासंघले आगामी असोज ५ गतेका लागि नयाँ निर्वाचन मिति तोकेको छ। निर्वाचन मिति नजिकिँदै गर्दा अध्यक्षले नै राजीनामा दिएपछि असोज ५ मा पनि महासंघको निर्वाचन हुने\नहुने अन्योल सिर्जना भएको छ।
यसअघि गएको जेठ २६ गतेका लागि निर्वाचन हुन नसकेपछि पुनः असार २२ गतेका लागि निर्वाचन मिति निर्धारण भएको थियो। तर मतदाता नामावलीमा देखिएको विवाद समाधान नहुँदा निर्वाचन हुन सकेको थिएन। आगामी असोज ५ गतेका लागि नयाँ निर्वाचन मिति तय भएपनि हालसम्म नयाँ मतदाता नामावली र कार्यतालिका सार्वजनिक हुन सकेको छैन।
अध्यक्ष पोखरेलले तोकिएको मितिमा निर्वाचन गराउन नसक्नु आफ्नो नैतिक कमजोरी भएको स्वीकार गरेका छन्।
यसअघि भदौ १६ गते विज्ञप्ति जारी गर्दै पोखरेलले घोषित मितिमा निर्वाचन हुन नसकेकामा आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए।
सोमबार विज्ञप्ति जारी गर्दै पोखरेलले तोकिएको मितिमा निर्वाचन गराउन पहलकदमी लिएको भए पनि कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधान गरी त्यसको स्वीकार्यता स्थापित गरी प्रक्रियागत विषय अगाडि बढाउनका लागि बोलाइएको पदाधिकारी र सदस्यहरूको बैठक चल्दाचल्दै बाहिरिनु र निर्वाचन सर्वस्वीकार्य हुने स्थिति नभएको राजीनामा दिएकाे उल्लेख गरेका छन्।
महासंघको नयाँ सदस्यतालाई लिएर विभिन्न राजनीतिक दल निकटका पत्रकार संघ-संगठनका नेताहरुबीच विवाद हँदै आएको छ। गत चैतमै नै नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको कार्यकाल सकिएको हाे।
यसअघिको निर्वाचनमा कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरका पत्रकारले गठबन्धन गरेर चुनाव लडेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी
दलितको घर भत्काएको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
गैरसरकारी संस्था महासंघकाे अध्यक्षमा भट्टराई
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल, महासचिवमा अधिकारी