सेयर बजार २७०१ अंकमा झर्‍यो

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, १५ : १३
सेयर बजार २७०१ अंकमा झर्‍यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २५.४६ अंक घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ । बजार दिनभर उतारचढावमा रह्यो । १२ : २७ बजे २७६० अंकसम्म पुगेको बजार २ : ५८ बजे २६९९ सम्म झर्‍यो ।

८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो । बजार घट्दा कारोबार रकम केही बढेको छ । बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको भयो ।

माइक्रोफाइनान्स समूह १.२१ तथा उत्पादन समूह ०.५० प्रतिशत बढे । बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस