नेप्से परिसूचक आठ अङ्कले घट्यो

सफल खबर संवाददाता

आइतबार, ३१ चैत्र २०८१, १६ : ००
नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ८.६२ अंक घटेको छ । यो अंकको कमीपछि नेप्से २६६२.०८ मा कायम भएको छ ।

‘क’ वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०९ प्रतिशत बढेको छ । कारोबार रकम पनि बढेको छ । आज आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता सेयर किनबेच भएको छ ।

गत बिहीबार ५ अर्ब ६३ करोडको कारोबार भएको थियो । बुधबार भने ४ अर्ब ४४ करोडको कारोबार भएको थियो । आज आइतबार ८८ कम्पनीको मूल्य बढ्दा १ सय ५७ कम्पनीको मूल्य घट्यो भने एउटाको स्थिर रहेको छ ।

आज पनि अधिकांश सेक्टरका सूचक घटेका छन् । सबै सेक्टरको उतारचढाव १ प्रतिशतमुनि नै छ । बैंकिङ ०.२१, विकास बैंक ०.७७, फाइनान्स ०.८८, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.६१, उत्पादन ०.८४ र लघुवित्त ०.२६ प्रतिशत घटेका छन् ।

चार सेक्टरका सूचक भने बढेका छन् । होटल तथा पर्यटन ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा ०.०८ प्रतिशत बढेका छन् ।आइतबार दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बढेको हो । गुडविल फाइनान्स लिमिटेड डिबेन्चरको मूल्य प्रतिकित्ता १ हजार ३ सय ३८ रुपैयाँ ५० पैसा पुगेको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको ४ सय ४२ रुपैयाँ ४० पैसा पुगेको छ ।

त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.९८, त्रिशूली जलविद्युत् कम्पनीको ६.३०, एनआईबीएल स्टेबल फन्डको ५.२२, गुराँस लघुवित्त वित्तीय संस्थाको ४.८५ प्रतिशत मूल्य बढेको छ ।

उता, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । त्यस्तै बलेफी हाइड्रोपावर ९.९८, सिन्धु विकास बैंक ९.०८, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स ४.७१ र न्यादी हाइड्रोपावरको ४.६५ प्रतिशत मूल्य घटेको छ ।

आज धेरै रकम कारोबार भएका कम्पनीमा सीईडीबी होल्डिङ्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, राधी विद्युत् कम्पनी, हिमालयन रिइन्स्योरेन्स र नारायणी डेभलपमेन्ट बैंक छन् ।

 

प्रतिक्रिया दिनुहोस