१२ अंकले घट्यो नेप्से परिसूचक, ५ दिनमा २२ अंकको गिरावट

सफल खबर संवाददाता

विहीबार, २० भदौ २०८१, १५ : ३७
१२ अंकले घट्यो नेप्से परिसूचक, ५ दिनमा २२ अंकको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १२ अंकले घटेको छ । २७४० बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २७२७ बिन्दुमा पुगेर कारोबार रोकिएको हो । बिहीबार परिसूचक २७५९ बिन्दुसम्म उक्लिएको थियो ।

बिहीबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ । ३१६ कम्पनीको २ करोड १ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो ।

बिहीबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ४० करोड ५० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

यो साताको ५ दिन सेयर बजारमा तीव्र उतारचढाव देखियो । हिजो बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घटेको छ । मंगलबार ६.९४ अंकले बढेको थियो । सोमबार भने बजारमा भारी अंकले बढेको थियो । १२७.३२ अंकले बढ्दै सोमबार परिसूचक २८२३ बिन्दुमा उक्लिएको थियो । त्यसअघि आइतबार ५३.६३ अंकले बजार घटेको थियो ।

अघिल्लो साताको बिहीबार परिसूचक २७४९ बिन्दुमा थियो । यो साता २२ अंकले घट्दै २७२७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । कारोबार रकम पनि यो उल्लेख्य बढ्न सकेन ।

प्रतिक्रिया दिनुहोस