काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बसिरहेको अध्यक्ष प्रचण्ड सचिवालयले जनाएको छ।
बैठकमा अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीभित्र देखिएको समस्या र आगामी कार्ययोजनाबारे ब्रिफिङ गरेका छन्।
माओवादीले प्रदेश स्तरीय परामर्श समितिको बैठक बसेपछि केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ। केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने दस्ताबेज तयार गर्नुअघि प्रचण्डले परामर्श लिएका हुन्।
प्रचण्डले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा परामर्श लिइसकेका छन्। परामर्श समितिको बैठकमा पार्टीका उपमहासचिवसम्म सहभागी छन्। केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई जनता केन्द्रित बनाउने माओवादीको तयारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
राजावादीको रणनीति असफल भयो: प्रचण्ड
आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड
सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ