आज कुन देशको मुद्राको विनिमय दर कति ?

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०८१, ०७ : ३२
आज कुन देशको मुद्राको विनिमय दर कति ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ।

त्यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ ७२ पैसा र बिक्री दर १४८ रुपैयाँ ३८ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ १२ पैसा र बिक्री दर १७२ रुपैयाँ ८९ पैसा रहेको छ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस