काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिन भित्र गर्न सक्ने कामको कार्य योजना बनाई २८ गते सोमबारभित्र पेश गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रत्येक मन्त्रालयका सचिवहरूलाई पत्राचार गर्दै कार्य योजना बनाई पेश गर्न भनेको हो ।
‘प्रतिनिधि सभामा गरेको सम्बोधन र मन्त्री–सचिवहरूलाई दिएको सामूहिक निर्देशनसमेतका आधारमा प्रत्येक मन्त्रालय तथा केन्द्रिय कार्यालयहरूले सय दिन भित्र गर्न सक्ने कामको कार्य योजनासहित २८ गते भित्र पेश गर्न निर्देशन भएको छ’।
समृद्ध नेपाल सुखी नेपालीको अभियानकर्तासमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्दै सुव्यवस्था दिन लागि परेको बताउँदै आएका छन् । आफ्ना प्रत्येक जसो निर्देशनमा विकासलाई गति दिनुपर्ने बताउँदै आएका ओली जनतामा छाइरहेको निराशालाई हटाउँदै आशावादी बनाउन सरकारी संयन्त्रले अझ बढी सक्रिय र प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउँदै आएका छन् ।
पछिल्लो समय सरकारी संयन्त्रमार्फत नागरिकहरूमा भरोसा जगाउने गरी योजनाबद्ध रूपमा प्रधानमन्त्री अघि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
संयन्त्र डाकेर छलफल गर्न ओली-देउवा तयार
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने