चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै उनले कांग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताए ।
‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ, त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन ।’
उनले सुखी नेपाली र समृद्ध नेपाल धेरै ठूलो औषधि सानो क्याप्सुलमा राखेजस्तो भएको बताए । उनले इच्छाकामना गाउँपालिका प्राकृतिक रुपमा निकै सम्भावना भएको पालिका भएको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेर गर्मीको बेला चिसो खान इच्छाकामना गाउँपालिकामा आउने सकिने बताए ।
मनकामना मन्दिर दर्शन गर्न जान आउन, इच्छाकामना मन्दिरको दर्शन नगरी मनोकामना पुरा नहुने भएकोले धार्मिक र पर्यटकीय सम्भावना उच्च रहेको प्रधानमन्त्री ओलीले बताए । इच्छाकामनाको पहाडमा सुरक्षित आवास निर्माण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले कृषि, पर्यटन, आर्यआर्जनमा स्थानीयलाई जोड्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीले चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाको ४ करोड २ लाख रुपैयाँको लागतमा बनेको भवनको उद्घाटन गरेका हुन् । भवन ४ तले छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
प्रधानमन्त्री ओली आज चितवन जाँदै
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
उपलब्धिहरूलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढौँ: प्रधानमन्त्री
स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह