पेरिस ओलम्पिक : अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, ११ : २३
पेरिस ओलम्पिक : अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२ औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ । 

अमेरिकाले हालसम्म २७ स्वर्ण ३५ रजत र ३२ कास्य सहित कुल ९४ पदक जितेको छ । दोस्रो स्थानको चिनले २५ स्वर्ण जितेको छ । उसले २५ स्वर्ण २३ रजत र १७ कास्य सहित कुल ६५ पदक जितेको हो ।  तेस्रो स्थानमा यथावत अस्ट्रेलियाको नाममा १८ स्वर्ण १२ रजत र ११ कास्य सहित कुल ४१ पदक जितेको छ । 

यस्तै, चौथो स्थानको आयोजक फ्रान्सले १३ स्वर्ण सहित कुल ५१ पटक हात पारेको छ । १२ स्वर्ण १७ रजत र २० कास्य जितेको बेलायत पाँचौं स्थानमा छ । दक्षिण कोरिया, जापान र इटाली क्रमशः छैठौं, सातौ र आठौं स्थानमा यथावत छन् । 

पेरिस ओलम्पिकमा हालसम्म ५३ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ८० देशले पदकको खाता खोलेका छन् । ओलम्पिकमा आज थप ३६ स्वर्ण पदकका लागी प्रतिस्पर्धा हुनेछ ।