फ्रान्सलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०८१, ११ : ११
फ्रान्सलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

काठमाडौं ।  पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले स्वर्ण जितेको छ ।  शुक्रबार राति भएको फाइनलमा स्पेनले फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराएको हो । स्पेनले ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जितेको सन् १९९२ यता पहिलो पटक हो । 

अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । उसका एन्जो मिलोटले ११ औँ मिनेटमा गोल गरे । त्यसको ७ मिनेटपछि लोपेजको गोलमा स्पेनले बराबरी ग¥यो । २५ औँ मिनेटमा लोपेजको गोलमा नै स्पेनले अग्रता बनायो । लगत्तै अलेहान्द्रो माइनाले गोल गरेपछि दुई गोलको अग्रता हुँदा ७९ औँ मिनेटमा फ्रान्सका अक्लिओचेले गोल गरे । 

इन्जुरी समयमा पेनाल्टीमा घरेलु टोलीका लागि माटेटाले गोल गरेपछि खेल बराबरी भएको थियो । निर्धारित समय तीन/तीन गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा दुई गोल गरेको स्पेनले स्वर्ण जित्यो । यसअघि स्पेनले इंग्ल्यान्डलाई हराएर युरो–२०२४ को उपाधि पनि जितेको थियो ।