पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, ०८ : २७
पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार

काठमाडौ । नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक-२०२४ मा लगातार दोस्रो हार बेहोरेका छन्।

सोमबार राति फ्रान्सको राजधानी पेरिसस्थित ला चापेला एरिनाको कोर्ट २ मा भएको खेलमा उनी सोझो सेटमा हारेका हुन्। 

समूह पीको खेलमा प्रिन्स विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका नियात नुयनसँग २१–७ र २१–५ ले पराजित भएका हुन्।

प्रिन्स विश्व वरीयतामा १ सय ७२औँ स्थानमा छन्। उनले अब समूह चरणको अन्तिम खेलमा विश्व वरीयताको ५८औँ विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्नेछन्। 

यसअघि प्रिन्सले विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा हारेका थिए।