काठमाडौं । अघिल्लो दिन १४५ अंक घटेको सेयर बजार बुधबार नै १०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७५९ अंकमा कायम भएको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज १७ अर्ब ९५ करोडको भयो । २३९ कम्पनीको मूल्य बढ्दा ३ को घट्यो । सबै क्षेत्रका सूचक बढेका छन् । अन्य र फाइनान्स समूह सबैभन्दा धेरै ७ प्रतिशतभन्दा धेरै बढे ।
बैंकिङ २.३, विकास बैंक ४.५, फाइनान्स ७.६, होटल तथा पर्यटन ५.१, हाइड्रोपावर ५.७, जीवन बीमा ३.९, लगानी ३.८, उत्पादन ३.५, माइक्रोफाइनान्स २.१, निर्जीवन बीमा ३, अन्य ७.८ र व्यापार समूह ५.५ प्रतिशत बढे ।
बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङखोला जलविद्युत्, दोल्ती पावर, सिटी होटल, हिमालयन रिइन्स्योरेन्स तथा सेन्ट्रल फाइनान्स, कुथेली बुकरी स्मल हाइड्रोपावर, साइन रेसुङ्गा विकास बैंक, मकर जितुमाया हाइड्रोपावर तथा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढ्यो ।
मूल्य धेरै घट्नेमा केही डिवेन्चर तथा म्युचुअल फण्डका योजना देखिए । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट तथा चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५.५४ अंकले घट्यो नेप्से
घटेको सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो
नेप्से परिसूचक ६.५३ अंकले बढ्यो
नेप्से परिसूचकमा ६ अङ्कको वृद्धि
२६४० अंकमा पुग्यो सेयर बजार
साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो