डोटीमा गोली लागेर एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०८१, १९ : ११
डोटीमा गोली लागेर एक जनाको मृत्यु

डोटी । डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ । 

जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले जानकारी दिएका छन् ।

सोही ठाउँको घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान करिब ११ बजेतिर गोली लागेर घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

थापा समूहमा सिकार खेल्न गएको प्रारम्भिक जानकारी आएको भए पनि आफूसहितको प्रहरी टोली घटना स्थलमा पुगी थप अनुसन्धान गरिरहेको डिएसपी भट्टराईले बताए ।