वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल हुँदैन : मन्त्री चौधरी

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, १६ : २०
वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल हुँदैन : मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताएका छन् । बिहीबार सिंहदरबारमा अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमूलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने बताए । उनले देशका युवाहरू नेपालमै बस्ने योग्य बनाउन नसकेसम्म युवा दिवस मनाउनुको औचित्य नहुने बताए । उनले युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गर्नुपर्ने बताए ।

मन्त्री चौधरीले युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर सभ्य, भव्य नहुने बताए ।  

प्रतिक्रिया दिनुहोस