काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन गरेर मुलुकलाई स्थायी सरकार दिने वातावरण बनाउनुपर्ने बताएका छन् ।
नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले काँग्रेस, एमाले लगायत दल मिलेर संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
अस्थिर सरकारका कारण देशमा संकट आएकाले काँग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको कोइरालाले बताए । ६/६ महिनामा भइरहने सरकार गठन र विघटनले देशलाई धरासयी बनाएको उनको भनाइ छ ।
कोइरालाले भने, ‘केवल सत्ता टिकाउन सधैँ २/४ सिट भएका दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने लागेर मैले केही समयदेखि संसदमा रहेको पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ ।’
काँग्रेस–एमाले गठबन्धनको सरकारलाई गल्ती गर्ने छुट नभएको कोइरालाले बताए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'यो सरकार एमालेकरण त भईरहेको छैन ?'
सरकारमा एमालेले गरेका खराब कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्छ: शेखर कोइराला
जलवायुले पुर्याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला
अध्यादेशले कांग्रेसलाई अप्ठ्यारो पारेको छ : शेखर कोइराला
नेपालको राजनीतिक अवस्था एकदमै तरल अवस्थामा छ : शेखर कोइराला
बेलायत जाँदै शेखर कोइराला