डा. शेखर कोइराला
काठमाडौ । सामाजिक सन्जाल नियमन र नियन्त्रणसम्वन्धी विधेयक भर्खर संसदमा पुगेको छ । छलफल हुन बाँकी छ । तर जसरी यो विधेयक आएको छ, त्यो जस्ताको तस्तै पास भयो भने मानिसको अभिब्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्छ । नियमन गर्ने नाममा अभिब्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाँइदैन भन्नेमा दुईमत छैन ।
यो विधेयक कुनै पनि हालतमा जस्ताको तस्तै पारित गर्न सकिँदैन । यसलाई अबिलम्ब फिर्ता लिन, तपाईहरु (सञ्चारकर्मीहरु) जस्ता स्टेकहोल्डर (सरोकारवाला) सँग र अन्य सामाजिक सन्जाल चलाउने साथीहरुसँग छलफल पछि मात्रै यो विद्ययेक ल्याउन सकिन्छ । तर जसरी अहिले विधेयक आएको छ, यो स्वीकार गर्न सकिदैन ।
यो सरकार (कांग्रेस एमाले गठबन्धनमा निर्माण भएको केपी ओली नेतृत्वको सरकार) बनाउने बेलामा हामीहरु सबै लागेका थियौं । दुईटा ठूला दल (कांग्रेस र एमाले) मिलेर सरकार बनाऔं, ताकि सुशासन दिन सकिन्छ, देशमा सुशासन छैन । संविधानमा संशोधन गर्न सकिन्छ, राजनीतिक स्यायित्व दिन सकिन्छ । र, देशलाई समृद्द बनाउन सकिन्छ भनेर हामीले यो सरकार बनाएका थियौं । अझ भन्ने हो भने म आफैले पनि पहल गरेर यो अहिलेको सरकार निर्माण भएको हो ।
तर जसरी यो सरकार चल्दैछ, अगाडी बढ्दैछ, यसको गति ठिक छैन । संसदलाई छलेर, अध्यादेशहरु ल्याउने जमर्काे अहिले सरकारले गरिरहेको छ । त्यसले लोकतन्त्रलाई अप्ठ्यारोमा पारिरहेको छ । अध्यादेश राम्रो छ की छैन भन्ने कुरा त्यो पछिको कुरा हो । संसद अधिवेशन बोलाउनु भन्दा पहिले, जम्मा ६ दिन पहिले अध्यादेश ल्याइन्छ, के कारणले अध्यादेश ल्याएको हो ? ती अध्यादेश के कारणले तत्काल आवश्यक परयो ? भन्ने कुरामा सरकारले जवाफ दिन जरुरी छ ।
हामीले यो सरकारलाई सुशासन दिन्छ भनेर ल्याएको हो । तर कस्तो सुशासन दिँदै रहेछ भने घुस दिनेलाई समात्ने, घुस लिनेलाई छोडिदिने रैछ । महान्ययाधिवक्ताको क्रियाकलाप हेर्नुभयो भने उहाँलाई जुन अधिकार दिइएको छ राज्यले, त्यो अधिकारको दुरुपयोग भईरहेको छ भन्ने कुरामा अब दुईमत छैन । कता कता मलाई चिन्ता लागेको छ, हामीहरु सरकार बाहिर छौं, सत्ता पक्षमा छौं, तर सरकारमा छैनौं हामीहरु । हामीहरुले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ ।
दोस्रो कुरा, हामी प्रतिस्पर्धी पनि हौं । भोलिको राजनीतिमा नेपाली कांग्रेस, प्रतिस्पर्धी हो एमालेको भन्ने कुरा हामीले बुझेका छौं । त्यसकारण जे जे कुरामा हामीलाई चित्त बुझदैन हामीहरुले खबरदारी गरेर अगाडी जानुपर्ने अवस्था छ । मलाई त डर लागिरहेको छ, चिन्ता लागिरहेको छ, यो सरकार एमालेकरण त भईरहेको छैन ?
सन्यत्रले सरकार चलाउने कुरा कम्युनिष्ट स्टेट (राज्य) मा मात्र हुनसक्छ । साम्यवादी देशहरुमा मात्र हुनसक्छ । त्यहाँ पार्टीले राज्य चलाउँछ । यस्तै संन्यत्रले राज्य, सरकार चलाउँछ । यहाँ यही प्रक्रिया (संन्यत्र) केन्द्र देखि गाँउपालिकासम्म बनाई सकेको छ ।
अब वडामा पनि सन्यत्र बनाएर चलाउने दुस्प्रयास उहाँहरुले गर्न खोजिरहनु भएको छ । लोकतन्त्रमा सन्यत्रले यसरी देश चलाउने होइन । स्थानीय निकाय चलाउने होइन । नगरपालिका चलाउने होइन भन्ने कुरा हामीहरुले बुझन् जरुरी छ । त्यसकारण मलाई कता कता लागिरहेको छ विस्तारै नथाहा पाउने किसिमले सरकार एमालेकरण भईरहेको छ । यो खालको चिन्ता मलाई लागिरहेको छ ।
हामीहरु सबै डेमोक्रेस्सहरु (तपाईहरु) प्रेस युनियनका साथीहरु ७७ ओटै जिल्लाबाट यस्ता विषयमा कलम चलाउनु हुनेछ भन्ने विश्वास पनि लिएको छु ।
(नेपाल प्रेस युनियनको जिल्ला अध्यक्षहरुको राष्टिय भेलामा ब्यक्त विचारको सम्पादित अंश)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा एमालेले गरेका खराब कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्छ: शेखर कोइराला
जलवायुले पुर्याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला
अध्यादेशले कांग्रेसलाई अप्ठ्यारो पारेको छ : शेखर कोइराला
नेपालको राजनीतिक अवस्था एकदमै तरल अवस्थामा छ : शेखर कोइराला
बेलायत जाँदै शेखर कोइराला
शेरबहादुर देउवा र गगन थापासँग कुनै विवाद छैन : शेखर कोइराला