पेरिस ओलम्पिक महिला फुटबलमा कुनकुन देश सहभागी हुँदैछन् ?

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १२ : ०९
पेरिस ओलम्पिक महिला फुटबलमा कुनकुन देश सहभागी हुँदैछन् ?

काठमाडौं । फ्रान्सको पेरिसमा हुन लागेको ३३ औं गृष्मकालीन ओलम्पिकको उद्घाटनभन्दा २ दिन अगाडि नै महिला फुटबल  प्रतियोगिता आजदेखि हुँदैछ । पहिलो दिन आज  ४ खेल हुनेछन् ।

पहिलो दिन आज समूह एबाट क्यानडा र न्युजिल्यान्ड भिड्नेछन् । समूह बीबाट जर्मनी र अष्ट्रेलियाले खेल्नेछन् भने समूह सीबाट आज २ खेल हुनेछ । जसमा पहिलोमा स्पेन र जापानबीच खेल हुनेछ । दोस्रोमा नाइजेरिया र ब्राजिल भिड्नेछन् ।

सन् १९९६ बाट गृष्मकालीन ओलम्पिकमा महिला फुटबल पनि समावेश गरिएको हो । पुरुषको भन्दा केही फरक तरिकाले ओलम्पिकमा महिला फुटबलको लागि नियम बनाइएको छ ।

पुरुषमा यू–२३ का खेलाडी भनिए तापनि महिलामा भने सिनियर खेलाडीले नै ओलम्पिक खेल्नेछन् । यो एक पूर्णता अन्तर्राष्ट्रिय प्रतियोगिता हो । जसमा विश्वकका उत्कृष्ट महिला फुटबलको खेल हेर्न पाइनेछ ।

महिला फुटबल ओलम्पिकमा कुनकुन टिम सहभागी छन् ?

महिला फुटबलका लागि १२ वटा टिमले पेरिस ओलम्पिक २०२४ खेल्नेछन् । १२ टिमलाई ३ समुहमा बाँडी खेल खेलिनेछ ।

समूह ए : फ्रान्स, कोलम्बिया, क्यानडा, न्युजिल्यान्ड
समूह बी : अमेरिका, जाम्बिया, जर्मनी, अष्ट्रेलिया
समूह सी : स्पेन, जापान, नाइजेरिया, ब्राजिल