काठमाडौँ । लगातारको सेयर बजारको वृद्धि मंगलबार पनि रोकिएन । अघिल्लो दिन सामान्य २ अंकले नेप्से बढेकोमा मंगलबार ७५.३३ अंकले बढ्दै २५ सय ६३.४३ विन्दुमा उक्लिएको छ । यो २९ महिना यताकै उच्च विन्दु हो ।
यसअघि २०७८ चैत अन्तिममा नेप्से सूचक २५ सयको विन्दुमा थियो । मंगलबार कारोबारमा समेत उच्चता आउँदै १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको ३ करोड ९७ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
सबैभन्दा बढी शिभम् सिमेन्टको २४ करोड ६९ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको २४ करोड २६ लाख १२ हजार रुपैयाँ बराबरको र हिमालयन रिइन्स्योरेन्सको २३ करोड २ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार बोटलर्स नेपाल, संवृद्धि फाइनान्स कम्पनी, माण्डू हाइड्रोपावर, हाथ्वे इन्भेष्टमेन्ट नेपाल र नेपाल वेरहाउस कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ८ प्रतिशतमाथिले बढेको छ ।
१३ वटा उपसूचकमध्ये मंगलबार सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक ५.०६ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको ४.४५ प्रतिशतले र निर्जीवन बीमा समूहको उपसूचक ४.३७ प्रतिशतले बढेको छ । अरू बाँकी १० वटा उपसूचक १ प्रतिशतमाथिले बढेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार घट्यो
यो साता १.९४ प्रतिशत बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार
नेप्से परिसूचक आठ अङ्कले घट्यो
सेयर बजार २६७० अंकमा
बढ्यो सेयर बजार