एजेन्सी । भारतको मुम्बईस्थित ग्रान्ड रोड क्षेत्रमा रहेको रुबिना मन्जिल नामक भवन भत्किँदा एक महिलाको मृत्यु भएको छ ।
उक्त भवनको कौसीको केही भाग भत्किएर अन्य १३ जना घाइते भएको बृहान् मुम्बई नगरपालिका (बीएमसी)ले जनाएको छ । उक्त घटना शनिबार बिहान ११ बजे ‘ग्रान्ट रोड रेलवे स्टेशन’ नजिक भएको हो ।
‘दोस्रो र तेस्रो तल्लाको केही भाग र माथिल्लो चार तले संरचना आंशिक रूपमा भत्किएको र केही भाग भत्किन लागेको छ,’ बीएमसीले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
यस घटनामा कम्तीमा सात-आठ जना बासिन्दा चार–तले भवनको माथिल्लो तलामा फसेका र उनीहरूको मुम्बई फायर ब्रिगेड, प्रहरी, एम्बुलेन्स र कर्मचारी र नागरिकको सहयोगमा उद्धार कार्य शुरू गरिएको छ ।
‘कौसीको केही भाग भत्किँदा एक जनाको मृत्यु भएको र १३ जना घाइते भएका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा लगिएको छ । यहाँ एक महिलालाई मृत घोषित गरिएको र अन्यको उपचार भइरहेको छ,’ मुम्बई प्रशासनले जनाएको छ ।
महाराष्ट्रमा लगातारको वर्षाले मुम्बईलाई ठप्प बनाएको छ । वर्षा र डुवानले सार्वजनिक यातायात सेवाहरू अवरुद्ध भएको र असङ्ख्य यात्रुलाई असुविधा भएको जनाइएको छ ।
महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणबीसले नागपुरमा वर्षापछिको अवरोधको आँकलन र प्रशासनलाई सतर्क रहन निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ साउन २०८१, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा चारतले भवन भत्किँदा एकै परिवारका ८ सदस्यसहित ११ जनाको मृत्यु
दिल्लीमा भवन भत्किँदा ४ जनाको मृत्यु, अझै धेरै मानिस फसेको आशंका
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
भारतले निर्माण गरेको भाषा परिषद्को भवन उद्घाटन
भारतमा ५२ जना बसेको तीनतले भवन ढल्यो