भारतले निर्माण गरेको भाषा परिषद्को भवन उद्घाटन

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, १५ : ०५
भारतले निर्माण गरेको भाषा परिषद्को भवन उद्घाटन

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले नेपाल भाषा परिषद्को भवन उद्घाटन गरेका छन् ।भूकम्पपछि भारतको अनुदान सहयोगमा सो भवन निर्माण भएको हो ।

सचिव मिस्रीको नेपाल भ्रमणको अवसरमा भवनको उद्घाटन गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।विदेश सचिव मिस्री आइतबार नेपाल भ्रमण आएका हुन्। बिहान नेपाल आइपुगेका उनी भारतीय दूतावासमा वृक्षारोपणका साथै कर्मचारीहरूसँग छलफल पनि गरेका छन् ।

आइतबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्ने बताइएको छ ।    

प्रतिक्रिया दिनुहोस