दिल्लीमा भवन भत्किँदा ४ जनाको मृत्यु, अझै धेरै मानिस फसेको आशंका

सफल खबर संवाददाता

शनिबार, ०६ बैशाख २०८२, १० : १०
दिल्लीमा भवन भत्किँदा ४ जनाको मृत्यु, अझै धेरै मानिस फसेको आशंका

एजेन्सी । भारतको राजधानी दिल्लीको मुस्तफाबाद क्षेत्रमा शनिबार बिहान एउटा भवन भत्किँदा ४ जनाको मृत्यु भएको छ भने भग्नावशेषमुनि धेरै मानिस फसेको आशंका गरिएको छ।

उत्तर पूर्व जिल्लाका अतिरिक्त डीसीपी सन्दीप लाम्बाले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार भत्किएको भवनमुनि अझै आठ/दश जना फसेको आशंका छ।

डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले पनि फसेकाहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बताएका छन्।

अटवालले उद्धारका लागि एनडीआरएफ, अग्नि नियन्त्रक सेवा र प्रहरी टोली खटिरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस