जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०८१, १८ : ५०
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ललितपुर ।९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ केपीलासगढी गाउँपालिका-५ घर भएका २६ वर्षीय नर बहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

नर बहादुरले ती बालिकालाई ललाई फकाई सोही महानगरपालिका-२८ हरिसिद्धि चाईनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस