जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०८१, १२ : ०५
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

सङ्खुवासभा। जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सङ्खुवासभा र कैलालीबाट एक एक गरी दुई जना पक्राउ परेका हुन् ।

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  खाँदबारी नगरपालिका-८ बस्ने २५ वर्षीय नवराज कट्टेललाई आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले पक्राउ गरेको  छ । 

कट्टेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेका जनाइएको छ । यस्तै, कैलाली, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-२ कृष्ण नगर बस्ने  २४ वर्षीय शिवम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

हाल पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस