बाँकेमा ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी

सफल खबर संवाददाता

सोमबार, ०४ चैत्र २०८१, १२ : १९
बाँकेमा ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी

बाँके । बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस