शीतल निवास जाँदै कांग्रेस एमाले

सफल खबर संवाददाता

शुक्रबार, २८ असार २०८१, २० : ५३
शीतल निवास जाँदै कांग्रेस एमाले

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै कांग्रेस र एमालेका नेताहरु शुक्रबार राति नै राष्ट्रपति भवन शीतल निवास जान लागेका छन् । 

कांग्रेस नेता प्रकाशशरण महतले आजै दुई दलका नेताहरु एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आग्रहसहित दाबी पेश गर्न शीतल निवास जान लागेको जानकारी दिए । 

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपतिले असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेपनि आजै दाबी पेस गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस