प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि रास्वपा संसदीय दलको बैठक

सफल खबर संवाददाता

शुक्रबार, २८ असार २०८१, १० : ३२
प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि रास्वपा संसदीय दलको बैठक

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अहिले बिहान बस्दै छ। 

बैठक अब केही बेरमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यलयमा सुरु हुने छ। 

आजको बैठकले आजै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा लिन लागेको विश्वासको मतका विषयमा निर्णय गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता एवं सासद मनीष झाले बताएका छन्।