पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, २० : ३५
पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने

काठमाडौँ ।  फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।  

नेपाल ओलम्पिक कमिटीका अनुसार, प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुनेछन् । नेपालबाट सहभागी हुने खेलाडीहरु अहिले देश तथा विदेशमा प्रशिक्षणमा रहेको कमिटीले जानकारी दिएको छ ।  

नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् ।  

नेपाल ओलम्पिक कमिटीका अनुसार, ओलम्पिक छात्रवृत्तिमा रहेर प्रशिक्षणमा रहेका दाहाल श्रीलंकामा तथा नेपाल र प्रधान नेपालमा छन् । यस्तै शाह अमेरिकामा, लामा थाइल्यान्डमा, सान्टु श्रेष्ठ अष्ट्रेलियामा र सन्तोषी श्रेष्ठ नेपालमा प्रशिक्षणमा रहेका कमिटीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस