रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, ०८ : ४३
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ । 

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ ।

नयाँ राजनीतिक समीकरण बनेपछि सरकारमा रहेका मन्त्रीको भूमिका र सरकारलाई दिएको समर्थनबारे पनि थप छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस