काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा हुने सिडार्स महिला फुटबल प्रतियोगिताका लागि अन्तिम २२ सदस्यीय टोलीको घोषणा गरिएको छ । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार टोलीको घोषणा गरेका हुन् ।
महिला टोलीले जुलाई ८ देखि १६, २०२४ सम्म बेरुतमा प्रतियोगिता खेल्नेछ । लेबनानले आयोजना गर्ने यो प्रतियोगितामा आयोजकसहित नेपाल र जोर्डनको सहभागिता निश्चित भएको छ ।
नेपाली टिम:
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ ।
डिफेन्डरः अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना र समीक्षा घिमिरे ।
मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की र विमला चौधरी ।
फरवार्ड: सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलले लेबनानमा गरेको आक्रमणमा २३ जनाको मृत्यु
लेबनान छोड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह
इजरायल र लेबनानको सीमामा अमेरिका र ईयूको २१ दिने युद्धविरामको प्रस्ताव
तीन दिनमा लेबनानबाट ९० हजार बढी मानिस विस्थापित
लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका सय रकेट लन्चरहरू नष्ट भएको दाबी
लेबनानमा हरेक विद्युतीय उपकरण असुरक्षित बन्दै