लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ निर्वाचित

सफल खबर संवाददाता

शुक्रबार, २६ पुस २०८१, १२ : ५९
लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ निर्वाचित

काठमाडौँ । लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ आउन निर्वाचित भएका छन् ।

फ्रान्स २४ का अनुसार साउदी अरब तथा अमेरिकाको लागि सहज अनुहार मानिने जोसेफ शुक्रबारबाट ६१ वर्ष पुगेका छन् । उनको आगमनले युद्धविरामलाई सहज हुने बताइएको छ ।

हेजबुल्लाको आफ्नै सैन्य दस्ता र सत्ता भएको लेबनानमा जोसेफको आगमनले सन २०२४ नोभेम्बर २७ मा भएको युद्धविरामले पूर्णता पाउने बताइएको छ । हेजबुल्लाले सुलेमन फ्रेन्जिअलाई समर्थन गरेको थियो । तर, उनले पनि अन्तिममा जोसेफलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका थिए । जेसेफ सन् २०१७ बाट लेबनानको प्रधान सेनापति छन् । उनलाई लेबनानको संसदले राष्ट्रपति चयन गरेको हो ।

१२८ सदस्य संसदबाट उनले ९९ मत ल्याएर दोस्रो चरणमा राष्ट्रपति हुन पाएका हुन् । राष्ट्रपतिमा चयन भएसँगै उनले प्रधान सेनापतिबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस