काठमाडौं। बढ्दो द्वन्द्व र अशान्तिबीच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अष्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आह्वान गरेको छ ।
सोमबार राति सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक गर्दै विदेश मामिला मन्त्रालयले लेबनानमा रहेका अस्ट्रेलियालीलाई हवाइ टिकटको व्यवस्था गर्न विदेश मामिला तथा व्यापार विभाग (डिएफएटी)ले एयरलाइन्ससँग समन्वय गरिरहेको जनाएको छ ।
पछिल्लो समयमा मध्यपूर्वमा चलिरहेको द्वन्द्वबीच अष्ट्रेलियाली नागरिकहरूलाई लेबनान यात्रा नगर्न तथा पहिले नै लेबनानमा रहेका नागरिकहरूलाई लेबनान छोड्न सरकारको बारम्बार चेतावनी दिइरहेको छ ।
लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई स्वदेश फर्कने अवसर लिन आग्रह जारी गर्दै उचित मार्ग चयनको लागि केही समय धैर्य गर्न आग्रह गरेको छ । क्यानबेरामा मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री जिम चाल्मर्सले बढ्दो द्वन्द्वको मानवीय मूल्यका बारेमा सरकार गम्भीर रूपमा चिन्तित रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलले लेबनानमा गरेको आक्रमणमा २३ जनाको मृत्यु
इजरायल र लेबनानको सीमामा अमेरिका र ईयूको २१ दिने युद्धविरामको प्रस्ताव
तीन दिनमा लेबनानबाट ९० हजार बढी मानिस विस्थापित
लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका सय रकेट लन्चरहरू नष्ट भएको दाबी
लेबनानमा हरेक विद्युतीय उपकरण असुरक्षित बन्दै
लेबनानमा पेजर विस्फोटको कारण के हो ?