काठमाडौं । गृहमन्त्रीसमेत रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शुक्रबार) आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ।
दिवसका अवसरमा रास्वपाले शुक्रबार दिउँसो चियापान कार्यक्रम आयोजना गर्दै छ। रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका अनुसार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको छ।
चियापान कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका शीर्ष नेता, उद्योगी-व्यवसायी र सर्वसाधारणसमेतलाई आमन्त्रण गरेको छ।
लामो समय सञ्चार कर्ममा रहेका लामिछानेले २०७९ साल असार ७ गते आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए। सोही महिनाको १७ गते निर्वाचन आयोगमा रास्वपा दर्ता गरिएको थियो।
पहिलोपटक निर्वाचनमा सहभागी भएको रास्वपा अहिले २० सिटसहित संघीय संसदमा चौथो शक्तिको रुपमा कायम छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८१, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कास्की जिल्ला अदालतबाहिर रास्वपा समर्थकले मनाए खुसीयाली
वाइडबडीबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग
रास्वपाले गठन गर्यो संविधान परिमार्जन सुझाव कार्यदल
रास्वपाको केन्द्रीय समिति बैठक आज पनि
रास्वपा केन्द्रीय समिति बैठक : संविधान संशोधनदेखि रविको मुद्दाबारे छलफल
रास्वपाको केन्द्रीय समिति बैठक सुरु