काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीबाट प्रहरी प्रमुखमाथि वक्रदृष्टि राख्ने सुरक्षा कमान्डमा ‘चेन अफ कमान्ड’ तोड्ने काम भएको आरोप लगाएको छ । सीडीओ र प्रहरीमा सरुवा आतंक मच्चाइएको कांग्रेसको आरोप छ ।
विनियोजन विधेयक अन्तर्गत गृहमन्त्रालयको बजेटमाथि मंगलवार प्रतिनिधि सभामा भएको छलफलमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले नियमावलीविपरीत प्रहरीमा सरुवा आतंक भइरहेको बताएका हुन् ।
‘सरकारले सय दिन कटाइसकेको छ । सय दिनको अवधिमा १७ पटक प्रहरीको सरुवा भएको छ । ३४ सय प्रहरी र ६६ जना सीडीओ परिवर्तन भए,’ केसीले भने, ‘प्रहरी नियमावलीमा एक वर्षसम्म विशेष परिस्थिति र कामका खोट देखिएमात्र सरुवा गर्ने प्रावधान छ । प्रहरीभित्र चेन अफ कमान्ड र प्रशासनलाई लाचार छाया बनाउने काम गरिएको छ ।
कांग्रेस नेता केसीले गृहमन्त्रीले प्रहरी प्रमुखमाथि वक्रदृष्टि राखेको आरोप लगाए । ‘सुरक्षा कमान्डमा चेनअफ कमान्ड ब्रेक गर्ने र प्रमुख माथि वक्रदृष्टि राख्ने कुराले प्रशासन चल्दैन’ उनले भने । गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रमुख वसन्त कुँवरलाई हटाउन चलखेल गरिरहेको समाचार प्रकाशमा आएको थियो ।
सोही कुरातर्फ संकेत गर्दै केसीले प्रहरी महानिरीक्षकमाथि वक्रदृष्टि लगाइएको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा