दाङ । लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ।
१२औँ मन्त्रीका रुपमा कृष्णा केसी नियुक्त भएकी छन्। यसअघि १० वटा मन्त्रालय रहेकोमा भागवण्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुर्याएको थियो।
मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिए। महराले सोमबार नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं १ को ‘क’बाट निर्वाचित कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा नियुक्त गर्नु गरे। उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको हो।
मुख्यमन्त्री महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गरे पनि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय आफैले राखेका छन्।
नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुखसमक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको सपथग्रहण गरिन्। लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १–१ मन्त्री छन्। स्वतन्त्रबाट १ जना मन्त्री भएका छन्।
८७ सदस्यीय प्रदेश सभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा धेरैको क्षति
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने
लुम्बिनीका मुख्यमन्त्री र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता