सलमान खानमाथि फेरि आक्रमणको षड्यन्त्र : मुम्बई प्रहरीको दाबी- चार पक्राउ

सफल खबर संवाददाता

शनिबार, १९ जेठ २०८१, १२ : ५१
सलमान खानमाथि फेरि आक्रमणको षड्यन्त्र : मुम्बई प्रहरीको दाबी- चार पक्राउ

काठमाडौं। भारतको नयाँ मुम्बई प्रहरीले अभिनेता सलमान खानमाथि आक्रमणको षड्यन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको दाबी गरेको छ । फेब्रुअरीमा पनि लरेन्स बिश्नोई गिरोहका १६-१७ जनाले पनवेलमा रेकी गरेको मुम्बई प्रहरीले जनाएको छ।

सलमान खान पनवेल जाँदै गर्दा आक्रमण गर्ने षड्यन्त्र रचिएको मुम्बई प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।समाचारमा जनाइएअनुसार गत महिना मात्र मुम्बईको बान्द्रास्थित सलमान खानको घरमा गोली हानाहान भएको थियो ।

प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको थियो, जसमध्ये एकले जेलमै आत्महत्या गरेका थिए ।लरेन्स बिश्नोई गिरोहले मुम्बईमा फिल्मस्टारमाथि आक्रमण गरेर जबरजस्ती फिरौती असुली गर्न खोजेको प्रहरीको अनुमान छ ।