नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई फेरी ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यममा आएका समाचारहरूलाई विश्वास गर्ने हो भने यसपटक धम्की दिने व्यक्तिले २ करोड फिरौती मागेका छन् ।
मुम्बई ट्राफिक प्रहरीले प्राप्त गरेको यस धम्कीमा पैसा नतिरे अभिनेताको ज्यान लिने बताइएको छ । म्यासेज पाएलगत्तै वर्लीमा उपस्थित अधिकारीहरूले म्यासेज पठाउने अज्ञात व्यक्ति विरुद्ध मामिला दर्ता गरी अनुसन्धान सुरु गरेका छन् ।
२५ अक्टोबरमा पनि आएको थियो धम्की
५ दिनअघि पनि सलमानलाई यस्तै खालको ज्यान मार्ने धम्की आएको थियो । धम्क्याउने ती अभियुक्तलाई मंगलबार मुम्बई प्रहरीले नोएडाबाट पक्राउ गरेको थियो ।
उनको पहिचान मोहम्मद तैयब भएको बताइएको छ । नोएडाका एसीपी प्रवीणकुमार सिंहले भनेअनुसार आरोपीलाई सुरजपुर अदालतमा पेश गरिनेछ अनि त्यहाँबाट मुम्बई प्रहरीले उनलाई ट्रान्जिट रिमाण्डमा लिनेछ ।
तय्यबले २५ अक्टोबरको साँझ एनसीपी नेता बाब सिद्दिकीका छोरा जिशान सिद्दिकीको बान्द्रास्थित कार्यालयमा पनि धम्कीपूर्ण सन्देश पठाएका थिए ।जसमा सलमान खान र जिशानलाई फिरौती नतिरे ज्यान मार्ने धम्की दिइएको थियो । जिशानका एक कर्मचारीले प्रहरीमा एफआईआर दर्ता गरेका थिए ।
यसअघि बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि पनि अक्टोबर १२ मा पनि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो । यो धम्की मुम्बई ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको थियो ।
धम्की दिने व्यक्तिले आफू लरेन्स गिरोहको सदस्य भएको दाबी गरेको थियो । मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा ‘यसलाई हल्कामा नलिनुहोला ।
जिउँदो रहने हो र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने सलमानले ५ करोड रुपैयाँ दिनुपर्छ । पैसा दिएनन् भने सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ’ भनिएको थियो ।
मुम्बई प्रहरीले धम्क्याउने व्यक्तिलाई अक्टोबर २३ मा झारखण्डको जमशेदपुरबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ कार्तिक २०८१, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन
सलमान खानमाथि फेरि आक्रमणको षड्यन्त्र : मुम्बई प्रहरीको दाबी- चार पक्राउ
सलमान खानको घरबाहिर गोली चलेको प्रकरणमा पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु
सलमान खानको घटना पछि बढाइयो शाहरूख खानको सुरक्षा
सलमान खानको घर बाहिर गोलाबारी मामिलामा अर्का व्यक्ति पक्राउ
अर्को इदमा सलमान खानको 'सिकंदर' रिलिज हुने