एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई फेरि एकपटक लरेन्स बिश्नोई गिरोहबाट धम्कीपूर्ण सन्देश आएको छ। मुम्बईको ट्राफिक कन्ट्रोल रुममा सलमानका लागि धम्कीको सन्देश आएको हो।
कुरा बिहीबार राति १२ बजेतिरको हो। यसमा ‘सलमान खान र लरेन्स बिश्नोई’का विषयमा गीत लेखिएको र त्यो गीत लेख्ने व्यक्तिलाई नछाड्ने धम्की दिइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसा धम्कीमा लेखिएको छ– एक महिनाभित्र गीत लेख्नेलाई मारिनेछ, गीत लेख्नेको अवस्था यस्तो हुनेछ कि उसले आफ्नो नाममा सी पनि लेख्न पाउने छैन। सलमानमा हिम्मत छ भने उसलाई बचाऊ।
यस मामिलामा मुम्बईको वर्ली पुलीले एक अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ। जुन नम्बरबाट त्यस्तो धम्की आएको छ, त्यसको खोजीमा प्रहरी जुटेको छ। तर धम्कीमा त्यो कुन गीत हो र कसले लेखेको हो भन्ने विषयमा केही बताइएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ सलमान खानको 'सिकन्दर' को टिजर
‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान
सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार
सलमानलाई फेरि ज्यान मार्ने धम्की
सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन
सलमान खानमाथि फेरि आक्रमणको षड्यन्त्र : मुम्बई प्रहरीको दाबी- चार पक्राउ